• २४ भदौ २०८३, बुधबार
  • १२ः५५ दिउँसो

श्रृजनशील लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुँदै

प्रकाशित मिति

२०७९ भाद्र २६ गते, आईतवार १२:५३

२६ भाद्र २०७९, काठमाडौंः श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गते बुधबारदेखि भदौ १९ गते, आइतबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड भोलि (भदौ २७ गते, सोमबार) बाँडफाँड हुने भएको छ। उक्त आईपीओको बाँडफाँड सोमबार बिहान ९:१५ बजे निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय, कमलपोखरी, काठमाडौँमा हुने क्यापिटलले जनाएको छ ।

National Life

संस्थाले प्रतिकित्ता ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्कासन गर्न लागेको सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।


कम्पनीको आईपीओमा अन्तिम दिन आइतबार बेलुका ५:०५ बजेसम्म १९ लाख ५ हजार १ सय ८६ जना लगानीकर्ताहरूले २ अर्ब ९ करोड ६४ लाख ५ हजार रूपैयाँ बराबरको २ करोड ९ लाख ६४ हजार ५० कित्ताका लागि आवेदन दिएका छन् ।मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ। गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर हात पार्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया