• २४ भदौ २०८३, बुधबार
  • १ः५५ दिउँसो

भोलिसम्म चोलेन्द्रको बयान सक्ने तयारीमा समिति

प्रकाशित मिति

२०७९ भाद्र २६ गते, आईतवार ०१:३६

२६ भाद्र २०७९, काठमाडौंः संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान भोलि (सोमबार) सम्म सक्ने तयारी गरेको छ। सिफारिस समितिमा रहेका नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले आज र भोलि राणाको बयान लिने बताए। ‘आज र भोलि हामी चोलेन्द्रशमशेरको बयान लिन्छौं’, विश्वकर्माले भने, ‘हामीले हाम्रा प्रश्नहरूको लिखित जवाफ पनि मागेका छौं। जति प्रश्न बाँकी रहन्छन् ती सकेसम्म सिध्याउने तयारी छ।’

National Life

समितिले आज पनि बयानका लागि राणालाई सिंहदरबारस्थित समितिको कक्षमा डाकेको छ। प्रतिनिधि सभाको कार्यकाल अन्त्य हुनै लाग्दा प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले राणा माथिको छानबिन प्रतिवेदन कहिले बुझाउँछ भन्ने यकिन छैन।


प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। फागुन २२ गते प्रतिनिधि सभाले महाअभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो। राणाविरूद्ध दर्ता भएको महाभियोग प्रस्ताव छलफलका लागि २०७८ फागुन २९ गते प्रतिनिधि सभामा पेश भएको थियो। तर त्यसको झन्डै ६ महिनापछि २०७९ साउन २२ गते मात्र महभियोग सिफारिस समितिमा पठाएको थियो। राणाविरूद्ध अहिले समितिले लागेका आरोपमाथि बयान लिने काम गरिराखेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया