• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

UNCOPS समिटमा सहभागी भई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह स्वदेश फिर्ता

प्रकाशित मिति

२०७९ भाद्र २६ गते, आईतवार १२:३७

२६ भाद्र २०७९, काठमाडौंः प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित तीन दिवसीय तेस्रो संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको सम्मेलनमा नेपालको तर्फबाट सहभागी भई आज (शनिबार) स्वदेश फिर्ता भएका हुन् । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित तीन दिवसीय तेस्रो संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको सम्मेलनमा नेपालको तर्फबाट सहभागी भई शनिबार स्वदेश सिंह फिर्ता भएका छन् ।


प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।

Kamana Sewa

विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त समिटमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरुमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्र संघका महासचिवद्वारा जारी गरिएको साझा एजेण्डाको कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको बताए ।

Classic Tech Desktop

नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उनले चर्चा गरे । साथै उनले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाटवार्ताका क्रममा यूएन मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको प्रशंसा गरिएको उल्लेख गरे । साथै सम्मेलनको क्रममा भएका औपचारिक एवम् अनौपचारिक छलफल समेत निकै फलदायी भएको उनले उल्लेख गरे ।


सम्मेलनको दौरानमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्र संघ अन्तर्गत शान्ति कार्यहरूका पदाधिकारीहरुसँग भेटघाट गरेका थिए । साथै कार्यक्रमा विभागका उपमहासचिव, कानूनको शासन तथा सुरक्षा निकायको कार्यालयका महासचिव, प्रहरी सल्लाहकार एकीकृत प्रशिक्षक लगायतका व्यक्तित्वहरुसँग द्विपक्षीय भेटवार्ता समेत भएको थियो ।


भदौ १५ गते सुरु भई १७ गते सम्पन्न भएको उक्त सम्मेलनमा कूल १ सय ८१ देशका प्रहरी प्रमुखहरूको सहभागिता रहेको थियो । उक्त समिटमा नेपालको तर्फबाट संयुक्त राष्ट्र संघीय स्थायी नियोगका सैनिक सल्लाहकार महासेनानी जगदीश खड्का समेत ५ सदस्यीय टोली सहभागी भएको थियो ।

प्रतिकृया