• २४ भदौ २०८३, बुधबार
  • १ः५५ दिउँसो

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले मनायो आठौं स्थापना दिवस, सरकारसमक्ष यस्तो ध्यानाकार्षण

प्रकाशित मिति

२०७९ भाद्र २६ गते, आईतवार १२:१७

२६ भाद्र २०७९, काठमाडौंः नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आफ्नो आठौं स्थापना दिवसको अवसरमा “राष्ट्रिय तालिम तथा रोजगार दिवस–२०७९” शुभकामना तथा ध्यानाकर्षण कार्यक्रमको आयोजना गरेको छ । महासंघले उक्त क्षेत्रको बृहत्तर विकासको लागि बुँदागत रुपमा आफ्नो ध्यानाकार्षण गराएको छ।

National Life

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले स्थापना दिवसको आवसरमा सरकार र सम्वद्ध पक्षलाई ध्यानाकार्षण पनि गराएको हो । महासंघले हाल उपलव्ध जनशक्तिसंग भएको सीपको प्रभावकारीताको विश्लेषण गरेर वर्तमान बजारको माग र भविश्यमा आवश्यक पर्ने दक्ष जनशक्तिको प्रक्षेपण अनुसार उक्त जनशक्तिहरुलाई आवश्यकक्ताअनुसार योजना बनाई कार्यान्वयन गर्ने माग गरेको छ।


आधारभुत गुणस्तर र मापदण्ड स्थापित गर्दै तालिममा एकरूपताका लागि देशै भरि हाल विभिन्न तरिकाले संचालन भएका तालिम कार्यक्रमहरु एक द्धारमार्फत पूर्णरुपले सिटिइभिटी वा सम्वन्धित निकायमा आवद्ध संस्थाहरुमार्फत मात्र संचालन गरिनुर्पे पनि उल्लेख गरेको छ। देशका सवै राजनिति दलले आफ्नो घोषणापत्रमा प्रविधिक शिक्षा तथा व्यावसायिक सीप विकास तालिमको आवश्यक्ता, रोजगारीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र सोहीअनुरुप यस्को कार्यान्वयन गराउनमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने पनि उल्लेख गरेको छ । ‘एक व्यक्ति, एक सीप र एक रोजगारी’ मौलिक हकको रुपमा सुनिश्चित गरिनुपर्ने उसको माग छ ।

Classic Tech Mobile
Classic Tech Desktop

महासंघका अध्यक्ष अच्युत नेपालले महासंघ नेपालमा विद्यमान रहेको बेरोजगारी र गरिवी निवारणमा रोजगार, स्वरोजगार र उद्यमशिलता सिर्जना गर्दै सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि मुख्य मेरुडण्ढ भएर स्थापित हुने विश्वास दिलाए ।


उनले तलिम नभई रोजगारीको सिर्जना गर्न नसकिने बताउँदै विदेश जानेहरु पनि दक्ष नबनी जाँदा लेवरको रुपमा जानुपर्ने र आम्दानी पनि कम हुने बताए । उनले तलिम लिएर र दक्ष भएर जानेले राम्रो कमाउने गरेको सुनाए । सरकारले नेपाली कामदारलाई अनिवार्य रुपमा तालिम दिएर दक्ष बनाएर पठाउनुपर्नेमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले नेपालमा हाईड्रो र सडक निर्माणलगायतका आयोजनामा विदेशी कामदारसँग आश्रित हुनुपरेको अवस्था सुनाउँदै स्वदेशमै दक्ष जनशक्ति उत्पादनमा ध्यान दिईएको सुनाए ।


उनले आफूहरुले बेरोजगारी अन्त्यको लागि आवाज उठाउँदै आएको र मुकुलुमा रोजगारी स्थापनाको लागि भूमिका खेलेको पनि सुनाए । उनले महासंघले दक्ष जनशक्ति उत्पादनको लागि योगदान पुर्याएको बताए ।


कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष प्रमोद बानियाँ र संस्थापक अध्यक्ष तथा नेपाली उपभोक्त महासंघका अध्यक्ष चन्द्र साउदले आठौं स्थापना दिवसको अवसरमा शुभकामना दिएका थिए । उनीहरुले पनि दक्ष जनशक्तिको आवश्यकत्ता रहेको भन्दै महासंघले यसको लागि खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका थिए ।

प्रतिकृया