• ५ साउन २०८३, मंगलबार
  • ११:२७ बिहान

मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षा गार्डलाई थुनामा राखेर अनुसन्धान

प्रकाशित मिति

२०७९ भाद्र २० गते, सोमबार ०८:०१

२० भाद्र २०७९, काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नु’ भन्दै आग्रह गर्ने एक सुरक्षा गार्डलाई थुनामा राखेर अनुसन्धान अघि बढाइएको छ। मन्त्री श्रेष्ठमाथि गत शुक्रबार दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरूङलाई प्रहरीले पक्राउ गरेको थियो।


मन्त्री श्रेष्ठ छाया सेन्टरमा बायोमेट्रिक्स कामका लागि गएका थिए। त्यहाँ सेवाग्राहीको लाइन थियो। मन्त्री श्रेष्ठ लाइन काटेर जान खोजेपछि सुरक्षा गार्डले ‘लाइनमा बस्नु’ भनेका थिए। मन्त्रीका पिएसओले श्रेष्ठ मन्त्री भएको जानकारी गराए पनि सुरक्षा गार्डले नमानेको आरोप छ। उनले जो भए पनि लाइनमा बस्नुपर्ने बताएका थिए। उनीमाथि जाहेरी परेपछि प्रहरीले पक्राउ गरी पाँच दिन म्याद लिई थुनामा राखेर अनुसन्धान अघि बढाएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिइएको छ।

Kamana Sewa

यो घटनाबारे मन्त्री श्रेष्ठले छाया सेन्टरका सुरक्षा गार्डले आफूलाई ‘हप्कीदप्की गरेपछि पिएसओले उजुरी दिएको’ बताए। उनले आफू समय लिएर गएको तथा लाइनमै बसे पनि सुरक्षा गार्डले दुर्व्यवहार गरेको दाबी गरेका छन्। आफू मन्त्री भएको भन्दासमेत सुरक्षा गार्डले ‘आइ नो’ भन्दै झर्किने र सन्किने गरेको मन्त्री श्रेष्ठ बताउँछन्। काठमाडौं प्रहरीले सुरक्षा गार्ड गुरूङमाथि अभद्र व्यवहारमा मुद्दा चलाउन अनुसन्धान गरिरहेको छ। उनलाई दरबारमार्ग वृत्तमा राखिएको छ।

Classic Tech Desktop

प्रतिकृया