• ६ असोज २०८३, मंगलबार
  • १ः०५ दिउँसो

‘प्रकाश’ राम्रो लाग्यो– कमल थापा

प्रकाशित मिति

२०७९ भाद्र १९ गते, आईतवार ०७:१०

१९ भाद्र २०७९, काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले फिल्म ‘प्रकाश’ राम्रो लागेको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म राम्रो लागेको बताएका हुन् । ‘अभिनेता प्रदीप खड्का तथा अभिनेत्री दिया लगायत सबै कलाकारको अभिनय समेत जिवन्त छ’ थापाले अगाडि थपे– ‘नेपाली समाजको विद्यमान विभेद र शोषणलाई निर्देशकले सशक्त ढंगबाट प्रस्तुत गरेका छन् ।

National Life

थापाले फिल्मले उठाएको जुम्लाको जनजीवन, भाषा र वातावारण समेत सजिव लाग्ने बताएका छन् । थापाले फिल्मको कथावस्तु र प्रस्तुति अलि सुस्त भएको समेत जनाएका छन् । थापाको पोष्टलाई फिल्मका निर्देशक दिनेश राउतले शेयर गर्दै आफ्नो फिल्म हेरेकोमा आभार व्यक्त गरेका छन् । उनले थापालाई भनेका छन्– ‘तपाईको यस्तो प्रतिक्रियाले थप हौसला र प्रेरणा मिलेको छ ।’ फिल्म ‘प्रकाश’ अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको हो । दिनेश राउत निर्देशित फिल्ममा प्रदीप खड्का र दीया मास्केको मुख्य भूमिका छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया