• ४ असोज २०८३, आइतबार
  • ११ः१३ बिहान

जापान पठाउने सपना देखाएर १३ लाख ठगेको आरोपमा महिला पक्राउ

प्रकाशित मिति

२०७९ भाद्र १९ गते, आईतवार ०७:२५

१९ भाद्र २०७९, काठमाडौँ : ‘जापान पठाउँछु’ भनेर १३ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–९ स्थायी घर भएर ललितपुरको बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा छन् ।

National Life

उनलाई काठमाडौं–३१ सुविधानगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । सिलास रम्तेललाई उनले ‘वर्किङ भिषामा जापान जान १३ लाख रुपैयाँ लाग्छ’ भनेर १३ लाख लिएपछि सम्पर्क बिहिन भएकी थिइन् ।


जापान पुगेपछि प्रतिष्ठित होटलमा ‘काम लगाईदिन्छु’ भनेर आरोपीले रम्तेललाई मासिक ३ लाख तलव पाउने सपना देखएकी थिइन् । वैदेशिक रोजगार विभागले उनलाई पक्राउ गरेर उपस्थित गराइदिन उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो । सुब्बलाई विभागमा बुझाइएको एसपी कोइरालाले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया