गठबन्धन बैठक : सिट बाँडफाँटको टुंगो अवको दुई दिनमा टुंगिन्छ
प्रकाशित मिति
२०७९ भाद्र १९ गते, आईतवार ०७:३५
१९ भाद्र २०७९, काठमाडौँ : सत्ता गठबन्नको कार्यदल बैठक लगातार बसेर दुई दिनभित्र सिट बाँडफाँटको टुंगो लगाउने भएको छ । आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँडबारे छलफल भएपनि निश्कर्षमा नपुगेको सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुुर कार्कीले जानकारी दिए । उनले सोमबार र मंगलबार बस्ने कार्यदलको बैठकले टुंगो लगाउने बताए । ‘बैठक जारी छ । भोली १ बजे फेरि हाम्रो कार्यदलको बैठक छ । कार्यदलले लगातार बैठक बसेर सहमतिपुर्ण निर्णयमा पुग्छ र त्यो निर्णय शीर्ष नेतालाई पेश गर्छो’, कार्कीले आइतबारको बैठकपछि भने ।
सिट बाँडफाँटकै सेरोफेरोमा रहेर छलफल भइरहेको पनि कार्कीको भनाइ छ । उनले सिट बाँडफाँट न्यायोचित, सम्मानजनक र सवैले जितेको महशुस हुनेगरी निर्णयमा पुग्ने दावी गरे । सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभामा पनि जित्नेगरी संख्या भागबण्डा गर्ने गृहकार्य भइरहेको नेताहरुको भनाइ छ । यसअघि प्रतिनिधि सभामा दलहरुले दावी गरेको संख्याबाट केही सिट तलमाथि गरेर सहमतिमा पुग्न नेताहरु सहमति नजिक पुगेका छन् ।
आइतबार बिहानमात्रै प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेतासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटबारे छलफल गरेका थिए । त्यसक्रममा नेताहरुबीच हारजितको माइक्रो एनालाइसिस गरेर सोही अनुसार भागबण्डा गर्नु उपयुक्त हुनेमा सहमति भएको बताइएको छ ।






प्रतिकृया