• १८ भदौ २०८३, बिहीबार
  • ५ः५५ बेलुका

कोरोना बीमाको दाबी भुक्तानी छिट्टै थाल्छौंः अध्यक्ष सिलवाल

प्रकाशित मिति

२०७९ भाद्र १४ गते, मंगलवार ०२:४७

१४ भाद्र २०७९, काठमाडौं :  बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले कोरोना बीमा दाबी भुक्तानी थालिने बताएका छन् । बीमा समितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष सिलवालले भने, ‘कोरोना बीमा बापतको सरकारले दिन बाँकी रहेको रकम अर्थ मन्त्रालयले दिने भनेको छ । एक हप्ता भित्रमा एक अर्ब रुपैयाँ निकासा हुन्छ ।’


अर्थमन्त्री जनार्दन शर्माले अर्थ सचिवलाई बोलाएर एक अर्ब रुपैयाँ पठाउन निर्देशन दिएपछि सचिवले साता भित्र पठाउने रकम निकासा गर्ने अश्वासन दिएको उनले बताए । अर्थमन्त्रालयबाट रकम निकासा भएपछि बीमितलाई क्रमबद्द रूपमा दाबी रकम भुक्तानी गर्न थालिने अध्यक्ष सिलवालको भनाई छ । बीमा समितिको पछिल्लो तथ्यांक अनुसार ११ अर्ब ४३ करोड बढी बीमा दाबी भुक्तानी गर्न बाँकी छ । कोरोना दाबी वापत कुल १४ अर्ब ९३ करोड ६६ लाख ८९२ रुपैयाँ दाबी परेकोमा साढे तीन अर्ब रुपैयाँ भुक्तानी भैसकेको छ ।

Kamana Sewa

पत्रकार सम्मेलनमा उनले रेटिङ्ग नभएका कम्पनीहरुमा पुनर्बीमा गरेका कारण नेपाली बीमा कम्पनीहरुले विदेशमा गरिएको पुनर्बीमाको करिब ३ अर्ब रुपैयाँ उठ्न समस्या परेको बताए । दक्षिण अफ्रिका देशका बीमा कम्पनीमा गरेको पुनर्बीमाको रकम उठ्न बाँकी रहेको बताउँदै उनले समितिले रेटिङ्ग नभएका कम्पनीहरुमा नेपालबाट पुनर्बीमा गर्न रोक लगाइएको उल्लेख गरे ।

Classic Tech Desktop

प्रतिकृया