• २१ भदौ २०८३, आइतबार
  • ९ः४२ बिहान

बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना

प्रकाशित मिति

२०७९ भाद्र १३ गते, सोमबार १२:२५

१३ भाद्र २०७९, काठमाडौं : बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गरिएको छ। कोहलपुरमा नापी र मालपोत कार्यालयको उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्न सरकार योजनाबद्ध रुपमा लागेको बताउनुभयो । मन्त्री श्रेष्ठले कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गर्न बजेट व्यवस्था नभए पनि बजेट अभाव हुन नदिन अर्थ मन्त्रीबाट भएको प्रतिबद्धता अनुसार कार्यालय सञ्चालनमा ल्याइएको बताउनुभयो ।

National Life

जनताको दैनिक जीवनसँग जोडिएको भूमि र जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाहका लागि संवैधानिक व्यवस्था अनुरुप गर्न मन्त्रालय प्रतिबद्ध भएर लागिरहेको भन्दै मन्त्री श्रेष्ठले प्रविधिको माध्यमबाट भूमि र जग्गा प्रशासनमा सुशासन कायम गर्न मन्त्रालयले काम सुरु गरिसकेको पनि बताउनुभयो ।


मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदन अनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुनर्स्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडी बढिसकेको पनि बताउनुभयो। मन्त्री श्रेष्ठले महिलाको संविधानमा भएको सम्पत्तिको समान हकको कार्यान्वयन गर्न अंशवण्डा गर्दा छोरीलाई पनि अनिवार्य उपस्थित गराउन देशभरका मालपोत कार्यालयमा निर्देशन गरी कार्यान्वयनमा ल्याइएको पनि बताउनुभयो ।

Classic Tech Desktop

प्रतिकृया