एकजना व्यक्तिले हालेको मुद्दाको कारण ९ सेकेण्डमा ढल्यो नोयडाको गगनचुम्बी ट्वीन टावर
प्रकाशित मिति
२०७९ भाद्र १३ गते, सोमबार १२:०१
काठमाडौं। भारतमा सुपरटेक शक्तिशाली थियो। राजनीतिक दल र कर्मचारीलाई मिलाएर सुपरटेकले गैरकानुनी रुपमा ठूलठूला टावरहरु बनाएको थियो।
यो कम्पनीका अध्यक्ष आरके अरोराप्रति कसैले औंला उठाउन सक्दैन्थे। त्यही कारण उनले गैरकानुनी रुपमा नोयडामा ट्वीन टावर बनाएका थिए। तर त्यही ट्वीन टावर एक जना सामान्य व्यक्तिका कारण जम्मा ९ सेकेन्डमा खरानी बन्यो। जबकि यो परियोजना निर्माण गर्नै ५ वर्ष लागेको थियो।

सुपरटेकले गैरकानुनी रुपमा तला थप्दै लगेपछि ट्वीन टावरसँग जोडिएको एमरेल्ड गोल्ड सोसाइटीको रेसिडेन्ट वेलफेयर एसोसिएसन उजुरबाजुर गर्न लाग्यो। ती उजुरबाजुरको कतै पनि सुनुवाई भएन। त्यसपछि एशोसिएसनका अध्यक्ष उदयभान सिंह तेवतियाले मापदण्ड विपरित बनेको अपार्टमेन्ट भत्काउनु पर्ने भन्दै हाई कोर्ट पुगे।

उनै सामान्य व्यक्तिले हालेको एउटा मुद्दाले सुपरटेकको टावर ढल्यो। यो टावर मात्रै ढलेन कम्पनीलाई पाँच सय करोड भारु घाटा पनि लाग्यो। एपेक्स र सियान नाम गरेका दुईवटा टावरहरु राजधानी नयाँ दिल्ली र उत्तर प्रदेश जोड्ने राजमार्ग छेउमा बनेको थियो। जसमध्ये एउटा बिल्डिङ १०३ मिटर र अर्को ९७ मिटर अग्लो थियो।
सन् २००४ मा नोयडा अथोरिटीले सुपरटेकले निर्माण गर्ने हाउजिङ परियोजनाका लागि जग्गा उपलब्ध गराएको थियो। २००५ मा परियोजनाको बिल्डिङ प्लान स्वीकृत भएको थियो। जसमा १० तलाको १४ वटा टावर निर्माण गर्ने इज्जाजत दिइएको थियो। २००६ मा सुपरटेकले स्वीकृत प्लान फेर्दै ११ तलाको १५ वटा टावर निर्माण गर्यो।
सन् २००९ नोभेम्बरमा फेरि बिल्डिङ प्लान बदल्दै २४ तलाको दुईवटा टावर परियोजनामा निर्माण गर्यो। मार्च २०१२ मा २४ तलाको टावरलाई ४० तला पुर्याइएको थियो। जतिबेला परियोजना निर्माण रोक्ने आदेश आयो तबसम्म ६३३ फ्ल्याट बुक भइसकेको थियो।
सुपरटेक लिमिटेडका अनुसार कम्पनीले परियोजना निर्माण गर्न जग्गा किन्न २५ करोड भारु खर्चिएको थियो। अर्को २५ करोड भारु नोयडा अथोरिटीलाई स्वीकृति शुल्क बुझाएको थियो। सन् २००९ मा सुपरटेकले ८ हजार वर्गमिटर ९१५ रोपनी ११ आना० जग्गा किनेको थियो।
ुहामीले दुईवटा टावर निर्माण गर्दा ४५० करोड भारु डन्डी, सिमेन्ट, बालुवा, कामदार, बैंक ऋण, ब्याज तथा अन्यमा खर्चिएका थियौं,ु सुपरटेक लिमिटेडका अध्यक्ष आरके अरोराले हिन्दुस्तान टाइम्ससँग भनेका छन्,ुहामीले ४० हजारभन्दा बढी फ्ल्याट विगत सात वर्षमा डेलिभरी गरिसकेका छौं। मिसन कम्प्लिसन २०२२ डिसेम्बरसम्म सात हजार युनिट डेलिभरी गर्ने हाम्रो लक्ष्य छ।ु




प्रतिकृया