• ०५:४० २०८१ बैशाख ७ गते
  • 5:40 am

आज सुन-चाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०७९ भाद्र १३ गते, सोमबार ११:४९

gold 1 e1654839302113

१३ भाद्र २०७९, काठमाडौं : सुनको मूल्य फेरि क्रमिक घट्न थालेको छ। अघिल्लो दिनको भन्दा तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजारभन्दा तल आइपुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। साताको पहिलो दिन तोलामा ७ सय रुपैयाँ घट्दा प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। गत साताको अन्तिम दिन प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको थियो।


चालु महिनाको सुरुवातमा प्रतितोला ९६ हजार २ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य सोमबार सर्वाधिक घटेको हो। गत साउनमा बढ्दा तोलाको ९७ हजार ८ सम्म पुगेको सुन घट्दा प्रतितोला ९३ हजार पनि भएको थियो। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँ कायम भएको छ। गत साताको अन्तिम दिनका तुलनामा १५ रुपैयाँ घट्दा आइतबार कारोबार मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो ।

प्रतिकृया