• १३:४५ २०८० चैत्र ६ गते
  • 1:45 pm

आज नेप्सेमा तिब्र उचारचढाव बिच २४ अंकको गिरावट

प्रकाशित मिति

२०७९ श्रावण ३१ गते, मंगलवार ०४:४६

nepse gateko e1620295217788

३१ साउन २०७९, काठमाडौं: आज मंगलबार कारोबारको प्रारम्भमा सकारात्मक देखिएको नेप्सेमा कारोबारको अन्तिम समयमा गिरावट देखिएको छ ।सोमबार ५५ अंकले बढेको नेप्से परिसूचक आज (मंगलबार) २४.८३ अंकले घटेर २०४१.०६ विन्दुमा पुगेको छ। नेप्से १.२० प्रतिशतले घटेको हो। यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.७५ अंकले घटेर ३ सय ९४.३९ को बिन्दुमा पुगेको छ ।


कूल २२१ वटा कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सूचक घटेको छ ।


त्यसैगरी, सोमबार रिडी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४० करोड ८२ लाख ४७ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । आज अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढि बृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर १८७.२० रुपैयाँ पुगेको छ ।


यस दिन युनिलिभिर नेपाल लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ५६२ प्रतिशतले घटेर १८ हजार १९१ रूपैयाँमा झरेको छ ।

प्रतिकृया