• २६ भदौ २०८३, शुक्रबार
  • ९ः०० राती

दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड भव्यताको साथ सम्पन्न

प्रकाशित मिति

२०७९ श्रावण ३१ गते, मंगलवार ०५:४७

३१ साउन २०७९, काठमाडौं: दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड विभिन्न ७० विधामा अवार्ड बितरण गर्दै सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्डमा वरिष्ठ कलाकार, निर्देशक कृष्ण मल्ललाई दीर्घ साधना सम्मान, चर्चित गायक चेतन सापकोटालाई संगीतकर्मी रजत सम्मान, चर्चित पत्रकार ऋषि धमलालाई पत्रकारिता रजत सम्मान त्यस्तै वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठलाई नारीरत्न सम्मानबाट सम्मानित गरिएको आयोजक तथा अवार्डका अध्यक्ष सूर्य चन्दले बताए ।

National Life

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रचण्डले भन्नु भयो, नेपालको विकासको मोडेल, नेपालको जस्तै हुनुपर्दछ। हुन त हामीले विगतमा कतिपयले सिंगापुर जस्तो, कतिपयले स्विजरल्याण्ड जस्तो, कतिपयले अरु कुनै विकसित जापान जस्तो इत्यादि इत्यादि भन्ने पनि गरेका छौं तर अहिले सबैतिरको स्थिति हेर्दा हामीले नेपालको विकास नेपाली मोडेलकै हुनुपर्दछ। हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो संस्कृति, हाम्रो जाति बनोट अनुसारनै त्यसैको अनुकूल नेपाली मोडेलको विकास हामीले गर्न सक्नु पर्छ। र त्यो विकासको वातावरण बनाउनका निम्ति हामीले भनेका छौं- उत्पादन अभिवृद्धि गर्नेस आत्मनिर्भर अर्थतन्त्रको जग बसाउनेस हामीले निर्यात प्रवर्द्धन गर्ने, आयात प्रतिस्थापन गर्ने।


त्यस्ता उत्पादन कार्य भनेका छौं भने साथसाथै त्यो उत्पादन कार्यलाई अगाडी बढाएर राष्ट्रलाई समृद्ध बनाउनको निम्ति संस्कृतिको, कलाको, पत्रकारिताको या विभिन्न क्षेत्रमा कार्यरत सबै श्रष्टाहरुको निक्कै ठुलो भूमिका छ किनकि भौतिक विकासले मात्रैले पनि मानिसहरुको जीवन र समाज सुमधुर हुनसक्दैन।

Classic Tech Mobile
Classic Tech Desktop

रसियन कल्चर सेन्टर कमलपोखरीको सभाहलमा भएको उक्त अवार्डमा चर्चित लोकदोहोरी गायक तथा सर्जक रविन लामिछानेले वर्षको पपुलर शब्द शीरफूल शिरको गीतबाट अवार्ड चुम्न सफल भए भने गायिका अस्मिता परियारले माया पिरिम गीतबाट उत्कृष्ट लोकआधुनिक गायकको अवार्ड चुम्न सफल भइन् । त्यस्तै गायिका सीता केसी र गायक मदन केसीले बरको शीतल छायाँ बोलको गीतबाट उत्कृष्ट युगल गायनको अवार्ड चुम्न सफल भए । त्यस्तै गायक थानेश्वर गौतमले बेचेर सपना बोलको गीतबाट उत्कृष्ट आधुनिक गायकको अवार्ड चुम्न सफल भए भने गायिका रानी शाक्यले धेरै प्रश्न बोलकोे गीतबाट उत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भइन् ।

प्रतिकृया