• ११:०७ २०८० चैत्र ६ गते
  • 11:07 am

ट्राफिक प्रहरीद्दारा हराएका दुईपाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनिलाई हस्तान्तरण

प्रकाशित मिति

२०७९ श्रावण ३१ गते, मंगलवार ०३:२८

traffic 1

३१ साउन २०७९, काठमाडौं: काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज उपत्यकाका विभिन्न स्थानबाट हराएका २५ ओटा दुईपाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच १६ ओटा मोटरसाइकल र ९ ओटा स्कुटर सम्बन्धित धनीहरुलाई यस कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले हस्तान्तरण गर्नुभएको हो ।


उपत्यका र उपत्यका आसपासको ईलाकामा बिशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकल तथा स्कुटरहरु बरामद गरी चोरीमा संलग्न मानिसहरुलाई समेत पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी कार्यालयहरुमा पठाउने गरेको
प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य
निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित
स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न उहाँले अनुरोध गर्नुभयो ।


गत आर्थिक वर्ष ७७र७८ मा ४ सय १९ ओटा, ७८र७९ मा ५ सय ६ र यही साउन महिना भरी ६८ ओटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने ९९ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि आबश्यक अनुसन्धान एवं कारबाहीको लागी बिभिन्न प्रहरी कार्यालयहरुमा पठाएको समेत ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिने साथै नजिकको प्रहरी कार्यालयमा निवेदन दिन ट्राफिक प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ ।

प्रतिकृया