• ११:०९ २०८० चैत्र ६ गते
  • 11:09 am

कश्मीरमा ४१ प्रहरी सवार बस दुर्घटना: ६ जनाको मृत्यु

प्रकाशित मिति

२०७९ श्रावण ३१ गते, मंगलवार ०२:४९

jammu kasmir 20220816135400

३१ साउन २०७९, काठमाडौं: इन्डो-तिब्बत सीमा प्रहरी बल (आईटीबीपी) को बस मंगलबार बिहान ११ बजे कश्मीरको पहलगाममा दुर्घटना भएको छ। दुर्घटना भएर बस १०० फिट गहिरो खाडलमा खसेको थियो । दुर्घटनामा ६ सैनिकको मृत्यु भएको छ।


बसमा ३९ आईटीबीपी र २ जम्मू कश्मीरका पुलिस थिए। बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ। सबै जवान अमरनाथ यात्राबाट ड्युटी गरेर फर्किरहेका थिए। जवानहरू अमरनाथ यात्राको सुरुवात बिन्दु चन्दनवाडीबाट पहलगाम आउँदै थिए। बीचमा चालकले नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको थियो । घाइतेको उद्धार कार्य सुरु गरिएको छ।


अनन्तनागका डिप्टी कमिश्नरका अनुसार घाइते जवानहरूको अनन्तनागको सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ।घटनास्थलतर्फ १९ वटा एम्बुलेन्स पठाइएको छ। अहिले तत्काल उद्धार कार्य चलाउन आफ्नो ध्यान केन्द्रित भएको उनले बताए।

प्रतिकृया