कश्मीरमा ४१ प्रहरी सवार बस दुर्घटना: ६ जनाको मृत्यु
प्रकाशित मिति
२०७९ श्रावण ३१ गते, मंगलवार ०२:४९
३१ साउन २०७९, काठमाडौं: इन्डो-तिब्बत सीमा प्रहरी बल (आईटीबीपी) को बस मंगलबार बिहान ११ बजे कश्मीरको पहलगाममा दुर्घटना भएको छ। दुर्घटना भएर बस १०० फिट गहिरो खाडलमा खसेको थियो । दुर्घटनामा ६ सैनिकको मृत्यु भएको छ।
बसमा ३९ आईटीबीपी र २ जम्मू कश्मीरका पुलिस थिए। बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ। सबै जवान अमरनाथ यात्राबाट ड्युटी गरेर फर्किरहेका थिए। जवानहरू अमरनाथ यात्राको सुरुवात बिन्दु चन्दनवाडीबाट पहलगाम आउँदै थिए। बीचमा चालकले नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको थियो । घाइतेको उद्धार कार्य सुरु गरिएको छ।
अनन्तनागका डिप्टी कमिश्नरका अनुसार घाइते जवानहरूको अनन्तनागको सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ।घटनास्थलतर्फ १९ वटा एम्बुलेन्स पठाइएको छ। अहिले तत्काल उद्धार कार्य चलाउन आफ्नो ध्यान केन्द्रित भएको उनले बताए।
Related
Recent News
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया