• १६:०७ २०८० चैत्र ६ गते
  • 4:07 pm

बसको ठक्करले स्कुल जाँदै गरेका बालकको मृत्यु

प्रकाशित मिति

२०७९ श्रावण ३१ गते, मंगलवार ०२:३७

accident e1619167729279

३१ साउन २०७९, काठमाडौं: चन्द्रपुर नगरपालिका–६ तल्लो बजारमा बसको ठक्करबाट स्कुल जाँदै गरेका बालकको मृत्यु भएको छ । मंगलबार बिहान सदरमुकाम गौरबाट विरगजतर्फ जाँदै गरेको ना ४ ख ६११२ नम्बरको बसको ठक्करबाट बालक गम्भीर घाइते भएका थिए । वीरगन्ज जाँदै गरेको खुसी ट्राभल्सको बसको ठक्करबाट स्थानीय जीवन रानामगरका ३ वर्षीय छोरा डेनिस रानामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अरबिन्द साहले बताए ।


‘घटनामा बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेका छौं,’ उनले भने । बजारमा रहेको नमुना निजी विद्यालयमा अध्ययनका लागि अभिभावकसँगै जाँदै गरेका बालकलाई बिहान करिब साढे ९ बजेको समयमा बसले ठक्कर दिएको थियो ।


ठक्कर लागेर बालकको टाउको, निधार, दुवै हात खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको थियो । बालकलाई थप उपचारका लागि तत्कालै वीरगन्ज लगिएको थियो । उपचारकै क्रममा बालकको वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


गरुडा नगरपालिका–५ महम्मदपुर घर भएका चालक राजेश साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको प्रहरी निरीक्षक साहले बताए ।

प्रतिकृया