• ४ साउन २०८३, सोमबार
  • ९:३१ बेलुका

यी हुन् साउन २६ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय

प्रकाशित मिति

२०७९ श्रावण २९ गते, आईतवार ०२:४८

२९ साउन २०७९, काठमाडौं: सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर (करिब १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको पनि बताए।


प्रवक्ता कार्कीकाअनुसार सरकारले साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९र०८० को नयाँ तलबमान र ग्रेड सरकारले स्वीकृत गरेको हो।उनले जापान सरकारबाट पूर्वी तराईको सिंचाइ प्रणाली पुन:स्थापना आयोजनाका लागि प्राप्त हुने जापानी ऐन २२ सय ५६ मिलियन करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि सरकारले स्वीकार गरेको बताए।

Kamana Sewa

प्रवक्ता कार्कीले मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८र०७९ का लागि मन्त्रालयअन्तर्गत विभिन्न आयोजनाहरुका लागि राजपत्रांकित श्रेणीका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको जानकारी दिए। त्यस्तै, आगामी भदौ ७ देखि ९ गतेसम्ममा संयुक्त राष्ट्र संघको आयोजनामा थाइल्याण्डको राजधानी बैंककमा हुने दक्षिण एक्सेन्ज एण्ड प्रिपेरिङ स्मुथ ट्रान्जिसन स्टाटेजी कार्यक्रममा सहभागीका लागि राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृत दिने भएको छ।

Classic Tech Desktop

प्रवक्त कार्कीले आर्थिक वर्ष २०७८र०७९ का लागि उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत राजपत्रांकित श्रेणीका ५१ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको बताए। त्यस्तै, कानून तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत राजपत्रांकित श्रेणीका ५८ वटा पदहरुको स्थायी दरबन्दी र कृषि तथा पशु विकास मन्त्रालयअन्तर्गत राजपत्रांकित श्रेणीका २० वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने भएको छ।


प्रवक्ता कार्कीले सरकारले सशस्त्र प्रहरी सेवा आयोगको सदस्य तोक्ने निर्णय गरेको पनि बताए। उनका अनुसार विदेशी नागरिक नासिम नाइनको नागरिकता खारेज गर्ने निर्णय गरेको बताए। सप्तकोशी नदीमा आएको बाढीबाट बढी क्षति भएका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारले निर्णय गरेको उनले जानकारी दिए।


उनले पर्वत जिल्ला कुश्मा नगरपालिका ५ स्थित १३ रोपनी १५ आना जग्गामध्ये जिल्ला समन्वय समिति पर्वतले भोगचलन गरेको ६ रोपनी ६ आना दुई पैसा एक दाम रोपनी जग्गामध्ये दुई रोपनी ८ आना ३ पैसा ३ दाम रोपनी जग्गा कुश्मा नगरपालिकाको प्रशासनियक भवन निर्माणको लागि उपयोग गर्न स्वीकृत दिने निर्णय गरेको जानकारी दिए।


सरकारले आर्थिक वर्ष २०७८र०७९ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत राजपत्रांकित श्रेणीका ३५५ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने भएको छ। त्यस्तै, आर्थिक वर्ष २०७८र०७९ का लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राजपत्रांकित श्रेणीका १५ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए।


उनले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन पहिलो निर्देशिका,२०७९ स्वीकृत गर्ने सरकारले निर्णय गरेको बताए। सरकारले भारतीय सेनाका स्थल सेना अध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय गरेको जानकारी दिए।


आर्थिक वर्ष आर्थिक वर्ष २०७८र७९ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत राजपत्रांकित श्रेणीका २३ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ। त्यस्तै, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूची ३ को हेरफेर गर्ने र राजपत्रमा सूचना प्रकाशन गर्ने भएको छ।

प्रतिकृया