• ०९:४३ २०८० चैत्र ६ गते
  • 9:43 am

टानमा स्वतन्त्र रूपले काम गर्ने एज्नडा सहित बोधराज भण्डारीले दिए उम्मेदवारी

प्रकाशित मिति

२०७९ श्रावण २६ गते, बिहीबार ०५:२८

298187549 602005068121381 533820216730067205 n e1660218161973

२६ साउन २०७९, काठमाडौं: पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो ।


ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आगामी ३० गते हुन गइरहेको निर्वाचनका लागि स्वतन्त्र तर्फबाट अध्यक्षमा बोधराज भन्डारीले उम्मेदवारी दर्ता गराएका छन। चुनाब नजिकिए संगै अध्यक्ष पदको लागी आफ्नो उम्मेद्वारी सार्वजनिक गर्ने क्रममा स्नोई होराईजन ट्रेक्स एण्ड एक्स्पीडिसन प्रा. ली.का सन्चालक बोधराज भण्डारीले अध्यक्ष पदका लागी स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गराएका हन्।


भन्डारीका अनुसार टान एउटा स्वतन्त्र व्यवसाय रहेकाले यसमा राजनीतिक चलखे वा हस्तक्षेप हुन नहुने बताए। स्वतन्त्र रूपले व्यवसाइका हक हितमा काम गर्ने उनकाे एज्नडा रहेकाे बताए। राजनीतिक ढंगले भन्नदा पनि व्यवसायक तरीकाले अगाडि बढन जरूरी रहेकाे बताए। उनी राजनीतिक प्रभाव रहित उम्मेदवारी दर्ता गरेकाे बताउ छन् ।

प्रतिकृया