आज नेप्से घट्यो, ४५.४२ अंकले घटेर २०६०.७३ विन्दुमा
प्रकाशित मिति
२०७९ श्रावण २४ गते, मंगलवार ०४:२५

२४ साउन २०७९, काठमाडौं: आज (मंगलबार) पनि सेयर बजारले ओरालो यात्रा नै तय गरेको छ । बजारमा भारी अंकको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४५.४२ अंकले घटेर २०६०.७३ विन्दुमा झरेको छ । नेप्से २.६ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ९.६८ अंकले घटेर ३९६.४२ विन्दुमा झरेको छ ।
कूल २२२ वटा कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५ सय ९८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै अन्य समूह घटेको छ ।
त्यसैगरी, मंगलबार नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ। कोषको १५ करोड १० लाख ९७ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । आज हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९।९७ प्रतिशतले बढेर २ सय ७५ रूपैयाँ ८० पैसा पुगेको छ । यस दिन गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको सेयरमूल्य ७.२७ प्रतिशतले घटेर ९ सय ६९ रूपैयाँमा झरेको छ ।
प्रतिकृया