• १४ असोज २०८३, बुधबार
  • २ः४५ दिउँसो

काठमाडौंमा बाटो फोहोर सफा हुन एक हप्ता लाग्ने

प्रकाशित मिति

२०७९ श्रावण २२ गते, आईतवार ०७:२०

२२ साउन २०७९, काठमाडौँ : महिनौंदेखि उपत्यकालगायत अधिकांश स्थानीय तहमा फोहोर व्यवस्थापन हुन सकेको छैन। दुई साताअघि शहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो निर्माण गर्न एक साता बन्द गरेको थियो। त्यति बेला वर्षाको कारण करिब १० दिन जति फोहोर उठ्न सकेन।

National Life

पछिल्लो समय फोहोर नफ्याँक्न गरेको आग्रहलाई बेवास्ता गरेपछि काठमाडौं महानगरपालिकाले बाटोको फोहोर नउठाई घरबाट निस्केको फोहोर मात्र उठाउन थालेको छ। अभ करिब १० दिनदेखि थपिएको घरघरको फोहोर भोलिबाट मात्र उठाउने भएको छ। कामपाको आग्रह मान्ने जनताको घरघरमै गएर फोहोर उठाउन थालेका र बाटोको फोहोर भने दुई दिनपछि मात्रै उठाइने जानकारी दिदै कामपा वातवरण व्यवस्थापन विभाग ल्यान्डफिल साइटका इन्जिनियर सरकारदीप श्रेष्ठले भने, कामपाले सार्वजनिक सूचना जारीगर्दासमेत अटेर गरी घरको फोहोर बाटोमा फालेपछि केही दिन बाटोको फोहोर नउठाउने भएका छौं।


महानगरले एक सातायता दैनिक करिब २ सय ट्रक फोहोर व्यवस्थापन गरिरहेको छ। हिजो शनिबार २ सय ४३ टन फोहोर बन्चरेमा पुचाइएको इन्जिनियर श्रेष्ठको भनाइ थियो। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया