• १३ असोज २०८३, मंगलबार
  • २ः०२ दिउँसो

बिरानो बन्दै नेपाली भाषा

प्रकाशित मिति

२०७९ श्रावण १३ गते, शुक्रबार ०६:४०

१३ साउन २०७९, काठमाडौँ : बहुसङ्ख्यक नेपालीले बोल्ने भाषा भए पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नेपाली र सामाजिक शिक्षा विषयका परीक्षार्थीको नतिजा अत्यन्तै कमजोर देखिएको छ। यो अवस्थाले नेपाली नागरिककै लागि नेपाली भाषा बिस्तारै बिरानो बन्दै गएको देखिन्छ।

National Life

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार नेपाली विषयमा ‘ए प्लस’ ग्रेड ल्याउने परीक्षार्थी एक हजार ८०४ जना मात्रै छन्। ‘ए ग्रेड’ नै ल्याउने सामाजिक अध्ययन विषयका परीक्षार्थी पनि जम्मा तीन हजार २८३ जना मात्रै छन्। अधिकांश विद्यालय नेपाली भाषामा पढाइ हुने विषय यी दुई मात्रै हुन्।


जबकि अङ्ग्रेजी विषयमा सबैभन्दा धेरै अर्थात् १५ हजार ३९९ जनाले ‘ए प्लस’ ल्याएका छन्। २०६८ सालको जनगणनाअनुसार मुलुकमा ४४ प्रतिशत नागरिक नेपाली भाषी छन्। तर एसईईको नतिजाले विद्यार्थी तथा अभिभावकमा समेत अङ्ग्रेजी मोह बढ्दै गएको र नेपाली भाषा क्रमशः बिरानो बन्न थालेको देखिन्छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया