• १३ असोज २०८३, मंगलबार
  • ४ः५४ बेलुका

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०७९ श्रावण १३ गते, शुक्रबार ०६:३१

१३ साउन २०७९, काठमाडौँ : आज देशभर आंशिक देखि सामान्य बदली रहने भएको छ । अहिले बिहान प्रदेश नं १ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

National Life

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षाको संभावना रहेको भू-भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया