• ४ साउन २०८३, सोमबार
  • ३:२२ बिहान

भक्तपुरमा ठूलो रुख ढलेर गाडी र स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु

प्रकाशित मिति

२०७९ श्रावण ८ गते, आईतवार ०२:०४

८ साउन २०७९, काठमाडौंः भक्तपुरको सल्लाघारीमा रूख ढल्दा च्याप्दा तीनजनाको मृत्यु भएको छ। घटनामा परी एक दर्जन भन्दा वढी घाइते भएको अनुमान छ। रुख ढलेर सडकमा गुडिरहेको यात्रुवाहक गाडीमा लागेर च्याप्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो। साथै स्कुटरमाथि च्याप्दा स्कुटरमा बसेका एकजनाको मृत्यु भएको हो।


टाफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख राजु कार्कीले घटनामा परेर तीनजनाको मृत्यु र एक दर्जन भन्दा वढी घाइते भएका छन्। उनका अनुसारा मृतक र घाइतेहरुको नाम आउन बाँंकी नै छ। ठमाडौंबाट भक्तपुर आइरहेको बा २ ख ३५८४ नम्वरको मिनीबस र बा ६१ प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको उनले बताए। उनका अनुसार गाडीमा सवै गरेर दुई दर्जनको संख्यामा यात्रुहरु थिए।

Kamana Sewa

पछाडिको भागमा किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल रहेका उनले जनाए। घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ। घटना दिउँंसो १२ बजेतिर भएको बताइएको छ।

Classic Tech Desktop

प्रतिकृया