• १९ असोज २०८३, सोमबार
  • ७ः३४ बिहान

रा.वा. बैंक कर्मचारी संघ नेपालको ३३ औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७९ श्रावण ६ गते, शुक्रबार ०५:२३

६ साउन २०७९, काठमाडौंः राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३३ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहका बीच ३३ औं वार्षिकोत्सब मूल कार्यक्रमको समुद्घाटन गरेका छन् । सो अवसरमा महासचिव पोखरेलले ट्रेड यूनियनहरुले कर्मचारीहरुको हक हित र कार्यरत संस्थालाई सबल बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताए ।

National Life

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका का.वा.अध्यक्ष रामप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा का.वा. अध्यक्ष जोशीले कर्मचारीहरुको तर्फबाट जायज ढङ्गले राखिएका मागहरु व्यवस्थापनले सम्बोधन गर्नुपर्ने बताए । सो कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष एवं नेकपा एमालेका केन्द्रीय सदस्य बाबुराम थापाले आफ्नो हक हितको लागि सम्पूर्ण पेसाकर्मीहरु एक हुनुपर्ने बताए ।


सो कार्यक्रममा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (BIFU)नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठक, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कर्मचारी संघ नेपालका निवर्तमान अध्यक्ष हेमराज सुवेदी, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा पेसागत हक, हित तथा संस्थाको सम्बर्द्धनका विषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

कर्मचारी संघ नेपालका महासचिव लक्ष्मीप्रसाद पाण्डेयले संचालन गर्नुभएको सो कार्यक्रममा उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सनाले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड यूनियनका अध्यक्षहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृतहरुहरु, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु, संघका पदाधिकारीहरु लगायत कर्मचारीहरुको भव्य उपस्थिति रहेको थियो ।


कार्यक्रममा दैविकरप्राकृतिक प्रकोपबाट पीडितहरुलाई सहायता गर्नकालागि राविया नेपाल रिलीफ फण्ड अभियान सार्वजनिक गरिएको थियो । रावा बैंकको केन्द्रीय कार्यालय परिसरमा का।वा।अध्यक्ष रामप्रसाद जोशीले संघको झण्डोत्तलन र वृक्षारोपण गरेका थिए ।साथै सो अवसरमा संघका उपमहासचिव लक्ष्मी ज्ञवालीको संयोजकत्वमा बैंक कर्मचारीहरु बीच भएको म्युजिकल चेयर खेल प्रतियोगिता संचालन गरिएको थियो । सो खेलमा प्रथम गंगा भुर्तेल, द्वितीय प्रतिष्ठा बराल र तृतीय दुर्गा कँडेल भएका थिए । विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । संघका विभिन्न प्रदेश समितिहरुमा समेत वार्षिकोत्सव कार्यक्रम मनाइएको छ ।


यसैबीच साउन ४ गते वार्षिकोत्सव अवसरमा संघका का.वा. अध्यक्ष रामप्रसाद जोशीेले रक्तदानको ब्लड ब्याग कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरे।त्यसपश्चात प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उपकार्यकारी अधिकृत विमल डंगोललाई ब्लड ब्याग हस्तान्तरण गरेर सुरु गरिएको रक्तदान कार्यक्रममा १२१ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए ।कर्मचारी संघमा आवद्ध निवृत्त २७ जना बैंक कर्मचारीहरुलाई संघको आजीवन सदस्य पदक प्रदान गरिएको थियो । साथै बनेपा-५ स्थित घोकेचौर उद्यानलाई रु ११,१११। आर्थिक सहयोग गरिएको छ ।

प्रतिकृया