• २२ भदौ २०८३, सोमबार
  • ४ः३० बेलुका

आई.एम.ई.लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ्ग

प्रकाशित मिति

२०७९ श्रावण ५ गते, बिहीबार ०१:१६

५ साउन २०७९, काठमाडौंः आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ। रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ। कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गर्छ।

National Life

आगामी दिनहरुमा पनि कम्पनीले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी अझै प्रतिबद्ध रहेको जनाएको छ। कम्पनीले १४० वटा शाखा कार्यालयबाट बिमितहरुलाई सेवा प्रदान गर्दै आईरहेकोे छ। साथै, कम्पनीमा २७ हजार भन्दा धेरै अभिकर्ताहरु आबद्ध रहेका छन्। कम्पनीले नविनतम सेवा उपलब्ध गराउंदै जाने क्रममा कम्पनीको वेब साइत र मोबाइल एपमा राखिएको च्याटबोट मार्फत बीमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुंने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको छ।


आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो। कम्पनीमा ग्लोबल आइएमई बैक, आइएमई गु्रप लगायत ठुला प्रतिष्ठीत व्यवसायिक समुहहरुको लगानी रहेको छ।

Classic Tech Desktop

प्रतिकृया