• १५:५० २०८० चैत्र १६ गते
  • 3:50 pm

थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि,एकको मृत्यु

प्रकाशित मिति

२०७९ श्रावण १ गते, आईतवार ०४:३८

corona LcrqV2qbWb 1 e1658055206237

१ साउन २०७९ काठमाडौंः थप १ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ३०४१ नमूनामा १ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार देशभरबाट १ हजार ४ सय ७३ नमूनाको पीसीआर र १ हजार ५ सय ६८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो।


जसमध्ये पीसीआरबाट १ सय १४ जना र एन्टिजेन विधिबाट २१ जनामा संक्रमण पुष्टि भएको हो।सोही अवधिमा कोरोनाबाट एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५३ जनाले ज्यान गुमाइसकेका छन्।आज थप ५९ संक्रमित कोरोनामुक्त भएका छन्।हाल नेपालमा १ हजार ४ सय ३९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया