• ३१ भदौ २०८३, बुधबार
  • १०ः०९ राती

पर्यटन क्षेत्रलाई कसरी पहिलाकै अवस्थामा फर्काउने भन्नेमा मन्त्रालय लागिरहेको छः मन्त्री श्रेष्ठ

प्रकाशित मिति

२०७९ असार २८ गते, मंगलवार ०१:५२

२८ असार २०७९, काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले केही दिनमै पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्ने घोषणा गरेका छन्। सोमबार काठमाडौंमा आयोजित विश्वका सबैभन्दा धेरै उचाइमा होटल खोलेर गिनिज बुक अफ दी वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल होटललाई शुभकामना एवं आधिकारिक प्रमाणपत्र प्रदान गर्दै उनले यस्तो बताएका हुन्।

National Life

उनले विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको भन्दै खुशी व्यक्त गरे। मन्त्री श्रेष्ठले कोरोनाका कारण रुग्ण बनेको पर्यटन क्षेत्रलाई तन्दुरुस्त बनाउने प्रतिवद्धता व्यक्त गरेर


उनले भने, ‘यो सबै नेपालीहरूको लागि खुसीको विषय हो। विश्वका सबैभन्दा धेरै उचाइमा होटल रहेको भन्ने गिनिज बुक अफ दी वर्ल्ड रेकर्डमा रहेको कुरा छ। यसले नेपाललाई चिनाउने विभिन्न बयानमध्ये अर्को एउटा बयानको रूपमा होटल रहनसक्नेछ भन्ने मलाई लागेको छ। पर्यटन क्षेत्रलाई कसरी पहिलाकै अवस्थामा फर्काउने भन्नेमा मन्त्रालय लागिरहेको छ। केही दिनभित्रमा पर्यटन क्षेत्रको व्यवसायलाई पुनः स्थापित गर्ने एजेण्डाहरू घोषणा गर्नेछौँ।’

Classic Tech Mobile
Classic Tech Desktop

सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको छ। यो होटल ५ हजार १ सय ८० मिटर उचाइमा अवस्थित छ। सन् २००४ मा होटल एभरेस्ट भ्यूलाई विश्वकै सबैभन्दा अग्लो ठाउँमा रहेको होटलको रूपमा गिनिज बुकमा दर्ता गरिएको थियो।

प्रतिकृया