• २८ भदौ २०८३, आइतबार
  • १०ः४१ राती

न्यूजिल्याण्ड पठाइदिन्छु भनी ६३ लाख ठगी गर्ने पक्राउ

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार ०१:१७

२३ असार २०७९ काठमाडौंः न्यूजिल्याण्ड पठाइदिन्छु भनी ६३ लाख बढी रकम ठगी गरेको आरोपमा २७ वर्षीया एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–३ घुम्ती बस्ने नुवाकोट विदुर नगरपालिका–७ घर भएकी दिया भन्ने २७ वर्षीया शोभा पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

National Life

शोभाले न्यूजिल्याण्डको प्रतिष्ठित कृषि कम्पनीमा फ्रुट किपिङको काममा लगाइदिन्छु मासिक १ लाख ७० हजार रुपैयाँसम्म तलब हुन्छ र त्यसका लागि प्रतिव्यक्ति १२ लाख ५० हजार रुपैयाँ लाग्छ भनी प्रलोभनमा पारी ९ जना पीडितहरूबाट ६३ लाख २० हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बुढानीलकण्ठ नगरपालिका कपन निलो पुलबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया