• २८ भदौ २०८३, आइतबार
  • ८ः२६ राती

कामना सेवा विकास बैंकको ‘K S Digi World’ सार्वजनिक

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार ०१:३९

२३ असार २०७९ काठमाडौंः कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल KS Digi World सार्वजनिक गरेको छ । बैंकले मिति २०७९ साल आषाढ २२ गते मङ्गलबारका दिन KS Digi World सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको छ ।

National Life

यो सेवा लागू भएपछि बैंकका ग्राहक महानुभावहरुले बैंकको वेबसाईट वा मोबाईल एप मार्फत अथवा digiworld.kamanasewabank.com मा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् ।KS Digi Worldमा अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोशेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरु उपलब्ध छन् । साथै बैंकले आगामी दिनहरुमा समेत अन्य अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको छ ।

प्रतिकृया