• २७ भदौ २०८३, शनिबार
  • ७ः५५ बिहान

दुई बालिका सुनकोशी नदीमा बेपत्ता

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार ०८:३५

२३ असार २०७९, काठमाडौँ : उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् ।

National Life

बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् । बुधबार दिउँसो गाई गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको त्रियुगा नगरपालिका– १४ का वडाध्याक्ष हिमराज मगरले जानकारी दिए ।


बालिका गाईवस्तु चराउन गएको बेला गर्मी भएपछि पौडी खेल्न कोशी पुगेका थिए। जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार कोशीमा बेपत्ता उनीहरुको खोजीकार्य भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया