• २३ भदौ २०८३, मंगलबार
  • १२ः०५ दिउँसो

डीआईजीको फुली नलाउँदै नयाँ आईजीपीका लागि दौडधुप

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार ०६:०८

२३ असार २०७९, काठमाडौँ : नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो। डीआईजीमा बढुवा सिफारिस भएलगत्तै १७ जनामध्येका केहीले फुली नलगाउँदै नयाँ आईजीपीकाका लागि दौडधुप सुरु गरेको स्रोतको भनाइ छ। भविष्यमा पनि दौडधुप गर्न र शक्तिकेन्द्र रिझाउन सहज हुने ठाउँमै आफूहरूको दरबन्दी मिलान गराउन उनीहरू रस्साकस्सीमा लागेको स्रोतको दाबी छ।

National Life

बढुवा सिफारिस हुनासाथ एक किसिमको दौडधुप चलिसकेको थियो। आईजीपीका हुन वरिष्ठता नचाहिने र शक्ति केन्द्रको विश्वास जित्न सके पुग्ने भएपछि सबै प्रतिस्पर्धी हुने नै भए,’ स्रोतले भन्यो, ‘त्यही भएर आजैदेखि शक्तिकेन्द्रको विश्वास जित्ने र सहज ठाउँमा बस्ने वातावरण बनाउन फुली नलगाउँदै दौडधुप चलेको थियो।’ आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया