• १९ असोज २०८३, सोमबार
  • ७ः५२ बिहान

नेप्सेमा सुधारको संकेत, १३.३३ अंकले बढेर २०४३.९२ विन्दुमा

प्रकाशित मिति

२०७९ असार २२ गते, बुधबार ०३:३२

२२ असार २०७९, काठमाडौंः आज (बुधबार) अन्तिम समयमा सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । करेक्सनपछि बजार थप मजुबत बन्दै गएको छ ।

National Life

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.३३ अंकले बढेर २०४३.९२ विन्दुमा पुगेको छ । नेप्से ०.६६ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १.६८ अंकले बढेर ३८८.९१ विन्दुमा पुगेको छ । कूल २२८ वटा कम्पनीको ६२ लाख ६३ हजार ३ सय १० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ सय १ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिकृया