• १५ असोज २०८३, बिहीबार
  • ९ः३३ राती

चट्याङ लागेर उदयपुरमा एक युवकको मृत्यु

प्रकाशित मिति

२०७९ असार २२ गते, बुधबार ०९:२५

२२ असार २०७९, काठमाडौँ : उदयपुरमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका-५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मंगलबार मृत्यु भएको हो।

National Life

चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लागि सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।


खेतबारीमा काम गरी रहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर उनी घाइते भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया