• 3:36 pm

प्रहरीले माग्यो ४४३ असई, २४७४ जनाले जवानमा भिड्न पाउने (सूचनासहित)

प्रकाशित मिति

२०७९ असार १९ गते, आईतवार ११:१५

१९ असार २०७९, काठमाडौंः प्रहरी सेवामा रहेर काम गर्न चाहनेका लागि मौका आएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले जनपदतर्फको सहायक निरीक्षक (असई) पदमा ४ सय ४३ जना मागेको हो । प्रहरी जवानका रूपमा काम गर्न चाहने थप २ सय ७१ जनाका लागि पनि अवसर छ ।


२२ असोज २०७८ मा प्रहरी प्रधान कार्यालयले ३ सय ६७ जना असई र १० मंसिर २०७८ मा ९ सय ७१ जना प्रहरी जवान माग गरेको थियो । मानवस्रोत विभागले आज गोरखापत्रमा छपाएको सूचनाअनुसार यसअघि माग गरिएको संख्यामा थपगरी जम्मा ४ सय ४३ असई र दुई हजार ४ सय ७४ जना प्रहरी जवान पदका लागि भर्ना खुलाइएको हो । माग गरिएकामध्ये महिलाका लागि असईमा ४० र २ सय १९ जवान पदका लागि अवसर छ ।


प्रतिकृया