• १४ असोज २०८३, बुधबार
  • ८ः०७ राती

सभामुख सापकोटा आज स्वदेश फर्किँदै

प्रकाशित मिति

२०७९ असार १९ गते, आईतवार १०:५६

१९ असार २०७९, काठमाडौंः संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्किँदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’ को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिको टोली स्वदेश फर्कन लागेको हो । सभामुख सापकोटा गत १४ त्यसतर्फ प्रस्थान गरेका थिए ।

National Life

गत असार १६ गते सो सम्मेलनलाई सम्बोधन गरेका सभामुख सापकोटार्ले भू–राजनीतिक मुद्दालगायत विश्वव्यापी स्तरका चुनौतीहरूको सन्दर्भमा असंलग्न आन्दोलनको सान्दर्भिकता अझ बढेकोमा जोड गर्नुका साथै असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न नेपालको सहयोग र ऐक्यवद्धतासमेत सो क्रममा व्यक्त गरेका छन ।


बाकुमा रहँदा सभामुख सापकोटाले सम्मेलनको आयोजक राष्ट्र अजरबैजानका सभामुख साइबा गफारोवा लगायत सँग दुई पक्षीय भेटवार्तासमेत गरेका छन् । सभामुखको सो टोलीमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल गौतम, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक छन ।सभामुख नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७:१५ मा नेपाल आइपुग्ने समय तालिका रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया