• १३ असोज २०८३, मंगलबार
  • ५ः२४ बेलुका

६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाउन थालिने

प्रकाशित मिति

२०७९ असार १७ गते, शुक्रबार ०३:२०

१७ असार २०७९ काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले करिब ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाउन सुरु गर्ने भएको छ । काठमाडौंमा भूमिगत वितरणलाइन बिछ्याइरहेको प्राधिकरणले ओभरहेड वितरणलाइन हटाउने गरी काम गर्न लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोल हटाएपछि त्यसमा राखिएका इन्टरनेटको तार पनि हटाउनुपर्ने बताए ।

National Life

इन्टरनेट सेवा प्रदायक, नेपाल दूरसञ्चार प्राधिकरणसहित विद्युत् प्राधिकरण समेतको सहभागितामा काठमाडौंमा भएको कार्यक्रममा बोल्दै घिसिङले भूमिगत विद्युत् वितरणलाइनसँगै राखिएको फाइबर डक्ट प्रयोग गर्ने तयारी थाल्न सेवा प्रदायकलाई आग्रह गरे ।


‘६ महिनादेखि १ वर्षभित्र हामी विद्युतका पोल हटाउँदैछौं,’ घिसिङले भने, ‘त्यसपछि गम्भीर समस्या समस्या आउनसक्छ, तपाईंहरु प्राधिकरणले भूमिगत लाइनसँगै बिछ्याइएको फाइबर प्रयोग गरेर सेवा दिन सक्नुहन्छ ।’ उनले विद्युत् पोल भाडाबारे थप विवाद गर्न नहुने बताए । सबै मिलेर समस्याको समाधान गर्नुपर्ने भन्दै घिसिङले सेवा प्रदायकसँग बसेर भाडा विषयमा उत्पन्न विवाद सुल्झाउन प्राधिरकण तयार रहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया