• २० भदौ २०८३, शनिबार
  • ८ः०० बिहान

अमेरिकी पप गायक केलीलाई महिला तथा बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३० वर्षको जेल सजाय

प्रकाशित मिति

२०७९ असार १६ गते, बिहीबार ११:०४

१६ असार २०७९, काठमाडौंः अमेरिकी पप गायक आर केलीलाई महिला तथा बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ। गत वर्षको सेप्टेम्बरमा ५५ वर्षीय केलीलाई न्यूयोर्कको एक अदालतले आठ महिलाको तस्करीमा दोषी ठहर गरेको थियो। त्यसयता उनको सजायको बहस चलिरहेको थियो।

National Life

सरकारको तर्फबाट ४५ साक्षीले बयान दिएका थिए। केली जुलाई २०१९ देखि जेलमा छन्। अभियोजकहरूले उनलाई आजीवन कारावासको माग गरेका थिए। उनीहरूले केलीले महिला र बालबालिकालाई कुनै दया नगरेको पनि बताएका थिए।केलीका वकिलहरूले उनी अब समाजका लागि खतरा नरहेको बताएका छन्। केलीले सन् १९९४ मा गायिका आलियासँग १५ वर्षको उमेरमा विवाह गरेको अदालतमा खुलेको थियो।


त्यो समयमा प्रमाणपत्रमा भने उनको उमेर १८ वर्ष देखाइएको थियो। पछि उनीहरूको विवाह रद्द गरिएको थियो। नौ वर्षपछि आलियाको विमान दुर्घटनामा मृत्यु भएको थियो। इलिनोइस र मिनेसोटा राज्यको अदालतको आरोप बाहेक उनी अहिले पनि शिकागोमा चाइल्ड पोर्नोग्राफी लगायत विभिन्न आरोपको सामना गरिरहेका छन्।

Classic Tech Desktop

प्रतिकृया