रोनाल्डिन्होविरुद्ध रोहित चन्द मैदानमा
प्रकाशित मिति
२०७९ असार १३ गते, सोमबार ०८:०८
१३ असार २०७९, काठमाडौँ : इन्डोनेसियाको शीर्ष डिभिजनको लिग-१ क्लब पेर्सिक केडिरीले अर्को लिग-१ क्लब रेन्स नुसनतारा एफसीसँग आइतबार मैत्रीपूर्ण खेल खेल्दा ब्राजिलका लिजेन्ड फुटबलर रोनाल्डिन्होलाई मैदान उतारेको छ।
यसै सिजन लिग-१ मा बढुवा भएको नुसनताराले रोनाल्डिन्होलाई मैदान उतारेको हो। सिजनको लिग सुरू हुनुअघि उसले समर्थकलाई गरेको बाचा पूरा गर्न रोनाल्डिन्होलाई खेलाएको हो। गत मार्चमा क्लबले आफ्ना समर्थकलाई सरप्राइज दिनका लागि रोनाल्डिन्होलाई मैदान उतार्ने बाचा गरेको थियो।
आइतबार उनै ४२ वर्षीय रोनाल्डिन्हो नुसनतारबाट खेल्दा उनीविरूद्ध नेपालका मिडफिल्डर रोहित चन्दले पनि खेल्ने अवसर पाए। रोहित यसै सिजन पेर्सिजा जाकर्ताबाट पेर्सिक केडिरीमा आबद्ध भएका थिए। आइतबारको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको छ। केडिरी ४-२ गोलले विजयी भएको छ।
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया