• २१ भदौ २०८३, आइतबार
  • ५ः५७ बेलुका

एसपिपी सम्झौता सैन्य सम्बन्धका लागि होइन,यदि हो भने पनि हामी मान्दैनौँः प्रधानसेनापति शर्मा

प्रकाशित मिति

२०७९ असार ३ गते, शुक्रबार १०:५०

३ असार २०७९ काठमाडौंः प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) सम्झौता सैन्य सम्बन्धका लागि नभएको र यदि भएको भए पनि आफूहरू मान्न तयार नभएको बताएका छन्। संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका शर्माले ‘एसपिपी’कुनै पनि हालतमा अगाडि नबढ्ने बताएका हुन्।

National Life

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एसपिपी सम्झौता लागू गर्नुपर्छ नभनेको र आफूहरूलाई पनि सैन्य कार्यक्रम हो भनी मान्य नहुने प्रधानसेनापति शर्माले बताए। उनले यो सम्झौता सरकारी रूपमा नआएको र आफूहरूले एसपिपी सम्झौताका लागि अनुरोध नगरेको जिकिर गरे।प्रधानसेनापति शर्माले चिठीको सम्बन्धमा अमेरिकासँग मानवीय सहयोगका लागि पत्र लेखेको जनाएका छन्।


उनले भने, ‘अहिले जुन पत्र बाहिर आएको छ , त्यो सत्य हो, चिठी लेखिएको साँचो हो तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन। म सैन्य अलायन्स हुने भन्ने कुराको विरोध गर्न चाहन्छु। यो चिठी किन लेखियो भने त्यो बेला भूकम्प गएपछिको अवस्था थियो। भूकम्पमा काम गर्न अमेरिकाले मानवीय सहायता दिने भनेर लेखिएको हो, सैनिक गठबन्धन गर्ने होइन।’

Classic Tech Desktop

तर, हालै सार्वजनिक भएको १० बुँदे फरम्याटका बारेमा भने नेपाली सेनालाई कुनै जानकारी नभएको उनको भनाइ छ।‘अहिले १० बुदे आएको फरम्याट जो बाहिर आएको छ, त्यो भने नेपाली सेनालाई आएको होइन’, प्रधानसेनापति शर्माले भने। बैठकमा परराष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मा छन्। बैठक बिहान ९ बजेदेखि सुरु भएको हो

प्रतिकृया