लागुऔषधसहित आठ जना पक्राउ
प्रकाशित मिति
२०७९ जेष्ठ २९ गते, आईतवार ०५:२८
२९ जेठ २०७९ काठमाडौंः मकवानपुर र बाँकेमा अवैध लागुऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुरको बकैया गाउँपालिका–५ कर्मचुली बस्ने राक्सीराङ गाउँपालिका–१ घर भएकी ३५ वर्षीया फुलमाया भुलुनलाई १ केजी ४ सय ग्राम अवैध लागुऔषध गाँजा सहित शनिबार प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी हात्तिसुडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

यसैगरी मकवानपुरको भिमफेदी गाउँपालिका–६ स्थित सडकबाट नियन्त्रित लागुऔषध नाईट्राभेट ५ सय ३८ ट्याबलेट सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा तनहुँ देबघाट गाउँपालिका–४ बस्ने २१ वर्षीय सरोज भुजेल र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–९ बस्ने २३ वर्षीय जंगबहादुर तामाङ छन्।
वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना।१ ज ३५५३ नम्बरको सुमोलाई ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो। बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट करिब ७ ग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका–५ बस्ने सोनु श्रेष्ठ र २० वर्षीय बिशाल कुँवर रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। सोही ठाउँबाट करिब १७ ग्राम अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका दाङ लमही नगरपालिका–५ बस्ने २१ वर्षीय दिवस डाँगी समेत ३ जनालाई शनिबार राति पक्राउ गरिएको हो।



प्रतिकृया