• २० असोज २०८३, मंगलबार
  • ४ः३६ बेलुका

खगराज अधिकारी भन्छन्- आकाशका जुन तारा झार्ने गरी बजेट ल्याइएको छ

प्रकाशित मिति

२०७९ जेष्ठ १९ गते, बिहीबार ०१:१६

१९ जेठ २०७९, काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसद खगराज अधिकारीले आकाशका जुन तारा झार्ने गरी बजेट आएको आरोप लगाउँदै पूरा हुन नसक्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९\८० को आयव्ययमाथि सामान्य छलफलमा भाग लिँदै उनले यस्तो भनेका हुन्।

National Life

२० प्रतिशत अपार्टमेन्ट विदेशी नागरिकलाई दिने भनिए पनि अमूक कुन व्यापारीलाई दिन खोजिएको हो रु स्पष्ट नभएको बताउँदै उनले यो देखावटीका लागि गरिएको दाबीसमेत गरे।


‘यो जनता विरोधी सरकार हो। न्यून वेतन कर्मचारीको तलब बढेको छैन। केही कर्मचारीको मात्र १५ प्रतिशत बढेको छ। अनि यो सरकार कसरी समाजवादी हुन्छ’, अधिकारीले भने।

Classic Tech Mobile
Classic Tech Desktop

बजेटमाथि समान्य छलफल हुँदा पनि अर्थमन्त्री सदनमा उपस्थित नहुनुले व्यवस्थालाई नै गिज्याएको उनको भनाइ छ।


स्यानिटरी प्याडको कच्चा पदार्थ आयातमा ९० प्रतिशत छुट दिने भनिएको आफू निकट व्यापारीलाई पोस्न ल्याइएको सांसद अधिकारीले बताए। शिक्षा र स्वास्थ्यमा बजेट घटाइएको भन्दै उनले आपत्ति जनाए।

प्रतिकृया