• १६ असोज २०८३, शुक्रबार
  • ४ः१३ बिहान

आईपीएलः लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा

प्रकाशित मिति

२०७९ जेष्ठ १२ गते, बिहीबार ०६:५०

१२ जेठ २०७९, काठमाडौं : लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग ९आईपीएल० टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ। पराजित लखनउ बाहिरिएको छ। अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ।

National Life

राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो। गुजरात फाइनल पुगिसकेको छ। बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनमा समेटियो।


लखनउका कप्तान केएल राहुलले सर्वाधिक ७९ रन बनाए। बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए । त्यसअघि कोलकत्तामा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०७ रनको योगफल तयार पारेको थियो। बैंगलोरका लागि रजत पटीदरले अविजित ११२ रन बनाए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया