• १९ असोज २०८३, सोमबार
  • ४ः३७ बेलुका

काठमाडौं महानगरपालिका अपडेट : बालेनको फराकिलो अग्रता कायमै, सिर्जनाले केशवलाई ८३१ मतले पछि पारिन्

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार ०४:५१

८ जेठ २०७९, काठमाण्डौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझै फराकिलो बनाएका छन्। पछिल्लो मतपरिणाम अनुसार १ लाख १६ हजार ८ सय ८५ गणनामा शाहले ४१ हजार २ सय ७९ मत पाएका हुन्। उनले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई १७ हजार ४ सय २४ मतले पछि पारेका छन्। सिंहले २३ हजार ८५५ मत पाएकी छन्।

National Life

यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार २४ मत पाएका छन्। स्थापित सिंहभन्दा ८३१ मतले पछि परेका छन्। ३२ वडा रहेको काठमाडौं महानगरमा मत गणना जारी छ ।

प्रतिकृया