• २० असोज २०८३, मंगलबार
  • १ः५६ राती

नेपालमा ‘क्रेन बेबी’ सार्वजनिक

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार ०१:५७

८ जेठ २०७९, काठमाण्डौं :  नेपालमा औपचारिक रुपमा क्रेन बेबी सार्वजनिक भएको छ । क्रेन एक अमेरिकी ब्रान्ड हो, जुन ह्युमिडिफायर, एयर प्युरिफायार र अन्य जीवनशैलीका घरेलु उपकरणहरूको लागि विश्वव्यापी रूपमा ग्लोबल ब्रान्डको रूपमा प्रख्यात छ।

National Life

क्रेनले नेपालमा आफ्नो नयाँ लाइनअप “क्रेन बेबी” लन्च गरेको हो । यो लाइनअपमा बच्चाको बेडिङ्ग, नर्सरी डेकोर, प्लस टोइ साथै अरू उत्कृष्ट बेबी आइटमहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसले नयाँ अभिभावकहरूलाई छनौट गर्न १००ं उत्पादनहरूका विकल्प प्रदान गर्नुका साथै उत्पादनहरू गुणस्तरीय र इको फ्रेण्ड्ली पनि रहेको कम्पनीको दाबी छ ।


यस लाइनअपको नायिका प्रियंका कार्की, जेनिशा मोक्तान, रेनशा राई राणा र मिनिषा भट्टराईद्वारा आईएमएस लिटिल स्माइल्स शोरुम दरबारमार्गमा अनावरण गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै क्रेन भारतका प्रतिनिधिहरू पनि कार्यक्रममा सामेल भएका थिए। यस लाइनअप ग्राहकहरूले विभिन्न छुट र उपहारहरूको मजा लिन सक्ने कम्पनीको भनाइ छ ।

प्रतिकृया