• २० असोज २०८३, मंगलबार
  • ४ः१६ बिहान

नेपाल बैंकद्धारा बाग्मती प्रदेशको बजेट गोष्ठी कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार ०१:१७

८ जेठ २०७९, काठमाण्डौं : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले बाग्मती प्रदेशको बजेट गोष्ठी सम्पन्न गरेको छ । बैंकले आगामी आर्थिक बर्ष २०७९/८०को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले बाग्मती प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

National Life

गत महिनाको बैशाख ४ गते देखि ७ गते सम्म धुलीखेलमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बाग्मती प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका ६०जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको बैंमकले जनाएको छ । प्रधानकार्यालय बजेट तथा योजना बिभाग र तालिम तथा बिकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलपमेन्ट सम्बन्धी तालिमसमेत प्रदान गरिएको बैंकले जनाएको छ ।


यस्तै, बैंक व्यवस्थापनले शाखाहरुसंग अन्तक्रिया गरी शाखा प्रबन्धकहरुबाट प्राप्त सल्लाह एवं सुझावहरु समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढी हुने साथै आगामी आर्थिक बर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारिकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङ्मा बढावा दिने लगायतका विषहरुमा बृहत रुपमा छलफल गरी सो सम्बन्धमा आवश्यक कार्यक्रमहरु तय गर्न सहज हुने देखिएकोले यस्ता कार्यक्रमहरु प्रत्यक बर्ष आयोजना गरिदैँ आएको बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ् क्षेत्रकै तिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनेतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धि बैंकको रुपमा अगाडि आएको बिचार व्यक्त गरेका थिए ।


सम्पूर्ण नेपालीहरुमा सरल, सहज र आधुनिक बैंकिङ् सेवा प्रदान गर्दै निरन्तर आफ्नो सेवामा समर्पित भई ग्राहकहरुको बिश्वास जित्दै देशको आर्थिक बिकासमा महत्वपूर्ण योगदान गर्ने कार्यमा यस बैंकका सम्पूर्ण कर्मचारीहरु सदा उर्जाशिल भई अगाडि बढिरहने बजेट गोष्ठी मार्फत जनाइएको छ ।


कार्यक्रममा बैंकका प्रवक्ता तथा सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी, सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्का,योजना तथा बजेट बिभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, मुख्य प्रबन्धकहरु पासाङ्ग दोर्जे शेर्पा तथा धिरज राई, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादूर कँडेल, तालिम तथा बिकास डिभिजन प्रमुख प्रसाद सिवाकोटी लगायत प्रधानकार्यालय बजेट कमिटिका अन्य सदस्यहरुको समेत सहभागिता रहेको थियो ।


नेपालभर २१३ शाखाहरु, १७९ एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा सेवा प्रधान गर्दै आइरहेको छ ।

प्रतिकृया