• २० असोज २०८३, मंगलबार
  • ३ः४२ राती

हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार ०१:३२

८ जेठ २०७९, काठमाण्डौं : बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा हावाहुरीका कारण रूख ढल्दा विद्युत् प्रसारण लाइनमा क्षति भएपछि कर्णालीमा विद्युत् सेवा शनिबार रातिदेखि अवरुद्ध भएको छ । शनिबार बेलुकी चलेको हावाहुरीले गर्दा रूख ढल्दा ३३ केभी प्रसारण लाइनको प्रसारण लाइन चुँडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

National Life

आइतबार बिहानदेखि उक्त ढलेका रुखहरू हटाएर प्रसारण लाइनमा मर्मतको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । शनिबार रातिदेखि सुर्खेत, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र दैलेखमा विद्युत् सेवा अवरुद्ध भएको छ ।


लुम्बिनी प्रदेशको कोहलपुर हुँदै कर्णाली प्रदेशमा विद्युत् प्रसारण लाइन आउने गर्दछ । विद्युतमा हुने समस्याले गर्दा काममा बाधा पुगेको सेवाग्राहीहरूले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया