• १७ असोज २०८३, शनिबार
  • ६ः३२ बिहान

अमेरिकी मन्त्री काठमाडौंमा

प्रकाशित मिति

२०७९ जेष्ठ ७ गते, शनिबार ०४:४४

७ जेठ २०७९, काठमाडौँ : नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जेया काठमाडौं आएकी छन्। दक्षिण एसियाली मुलुक भारत र नेपालको भ्रमणका क्रममा मंगलबार भारत आइपुगेकी उनी शुक्रबार काठमाडौं आएकी हुन्।

National Life

तिब्बत मामिलासम्बन्धी अमेरिकी विशेष संयोजकसमेत रहेकी उनको भ्रमणको उद्देश्य मानवअधिकार तथा प्रजातान्त्रिक शासनको लक्ष्यमा सहकार्य गर्ने तथा मानवीय प्राथमिकतालाई सुढृढ गर्ने छ। उनले भ्रमणका क्रममा यो वर्ष हुने ‘समिट फर डेमोक्रेसी’ मा साझेदारीबारे पनि छलफल गर्नेछिन्।


तीन दिवसीय नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारत भ्रमणका क्रममा उनले हिमाञ्चलस्थित धर्मशाला पुगेर तिब्बती धर्मगुरु दलाई लामा र तिब्बती नेताहरूसँग भेट गरेकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

उपविदेशमन्त्री जेया करिब एक दशकको अवधिमा नेपाल भ्रमण गर्ने सबैभन्दा उच्च अमेरिकी अधिकारी हुन्। यसअघि सन् २०१२ फेब्रुअरी १२ देखि १४ सम्म नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री मारिया ओटेरोले नेपाल भ्रमण गरेकी थिइन्। जेयाले गत डिसेम्बर ८ मा नेपालमा आयोजना गरिएको ‘समिट फर डेमोक्रेसी’ कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेकी थिइन्।

प्रतिकृया