• १६ असोज २०८३, शुक्रबार
  • ३ः४१ राती

टोटनहमले १० खेलाडीमा सीमित आर्सनललाई हरायो

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार ०८:०५

३० बैशाख २०७९, एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा टोटनहमले आर्सनललाई ३(० अन्तरले पराजित गरेको छ । लण्डन डर्बीको खेलमा आर्सनल १० खेलाडीमा सीमित भएको थियो । टोटनहमका लागि ह्यारी केनले दुई तथा ह्युङ मीन सनले एक गोल गरे ।

National Life

पहिलो हाफमा दुई गोल गरेको टोटनहमले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको ३३औँ मिनेटमा रब होल्डिङले दोहोरो पहेँलो कार्ड पाउँदा आर्सनल १० खेलाडीमा सीमित भएको थियो । खेलपछि आर्सनल ६६ अंकका साथ चौथो स्थानमा छ भने टोटनहम ६५ अंकका साथ पाँचौ स्थानमा छ ।


अब २ खेल बाँकी हुँदा शीर्ष चारका लागि टोटनहम र आर्सनलबीच च्याम्पियन्स लिगमा स्थान बनाउन प्रतिस्पर्धा हुनेछ । म्यानचेस्टर सिटी ८९ अंकका साथ शीर्ष स्थानमा छ । लिभरपुल ८६ अंकका साथ दोस्रो तथा चेल्सी ७० अंकका साथ तेस्रो स्थानमा छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया