• १७ असोज २०८३, शनिबार
  • २ः१७ दिउँसो

सर्वाधिक कमाउने खेलाडी बने मेस्सी : रोनाल्डो कुन स्थानमा ?

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार ०७:१०

३० बैशाख २०७९, काठमाडौँ : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन्। फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार मेस्सी सर्वाधिक कमाउने खेलाडी बनेका हुन्। उनले बास्केटबलका जेम्स लेब्रोनलाई पछि पार्दै सर्वाधिक कमाउने खेलाडीको रुपमा नाम लेखाएका हुन्।

National Life

फोब्र्सको सूची अनुसार मेस्सीको आम्दानी १ सय ३० मिलियन अमेरिकी डलर रहेको छ। दोस्रो स्थानमा अमेरिकी बास्केटबल स्टार जेम्सको आम्दानी १ सय २१ दशमलव २ मिलियन अमेरिकी डलर रहेको छ। म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा छन्। रोनाल्डोको आम्दानी १ सय १५ मिलियन अमेरिकी डलर रहेको छ।

प्रतिकृया